ललितपुर महानगरपालिकाले पाँच वटा डुङ्गा किन्ने भएको छ ।
महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले भर्खरैको बाढी र र डुबानमा डुङ्गा नहुँदा उद्धारमा समस्या परेको भन्दै अब महानगरले पाँच वटासम्म डुङ्गा किनेर राख्ने बताउनुभयो ।
महर्जनले जलवायु परिवर्तनका कारण अतिवृष्टि र अनावृष्टिको सम्भावना कुनै पनि बेलामा रहनसक्ने भन्दै आउँदा दिनमा उद्धार र राहत कार्यमा समस्या हुन नदिन डुङ्गा किनेर राख्ने जानकारी गराउनुभयो ।
उहाँले बाढीका कारण बाग्मतीमा धेरै जनावर बगेको र चोभारमा अड्किएकाले त्यहीँ खाल्डो खनेर व्यवस्थापन गर्न पहल गरिरहेको उल्लेख गर्नुभयो ।
विपद्जन्य घटनामा राहत र उद्धारका लागि वडाअध्यक्षलाई पूरा अधिकार दिएको महानगरपालिका प्रमुख महर्जनको भनाइ छ ।
0 Comments